सन्दीपले ‘लंका प्रिमियर लिग’ खेल्ने, ५० लाखमा बिक्रि

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिग(एलपीएल) खेल्ने भएका छन् । मंगलबार भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई डम्बुला जाइन्ट्सले अनुबन्ध गरेको हो ।

डम्बुलाले सन्दीपलाई अन्तर्राष्ट्रिय डायमण्ड खेलाडीको रूपमा अनुबन्ध गरेको हो । सन्दीपलाई डम्बुलाले ४० हजार अमेरिकी डलर अर्थात नेपाली ५० लाख रुपैयाँ भन्दा बढी मूल्यमा अनुबन्ध गरेको हो । लिग जुलाई ३१ देखि अगस्ट २१ सम्म चल्नेछ । प्रतियोगिताको उपाधिको लागि ५ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

सन्दीपले  अष्ट्रेलियन लिग बिग बासमा लगातार सहाभागिता जनाएपनि पछिल्लो समय अन्य फ्रेन्चाइज लिग गुमाउँदै आएका थिए । त्यसैले लंका प्रिमियर लिग उनको पुनारागमानको बाटो बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *