रामेछाप बस दुर्घटना अपडेटः मृतकको संख्या १३ पुग्यो

रामेछाप । मंगलबार रामेछापको सुनापति गाउँपालिकाको लुभुमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३ पुगेको छ । अस्पतालमा भर्ना भएका गम्भीर घाइते चारै जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो ।

मृतक १३ मध्ये १२ जनाको शव भने सनाखत भैसकेको छ । मृत्यु हुनेहरुमा सुनापति गाउँपालिका–५ खनियापनीका ४० वर्षीय ठूला तामाङ, सोही वडाका वर्ष ३६ का खड्ग बहादुर विक, सुनापति गाउँपालिका–४ बेथानका समृता तामाङ, काभ्रे पाँचखाल नगरपालिका–८ का २५ वर्षीय कमल तामाङ, सोही वडाका वर्ष १८ का सुदीप बजगाई, सुनापति गाउँपालिका–५ कै २२ वर्षीया विपना तामाङ, काभ्रे मण्डनदेउपुर गाउँपालिका–९ का शिवलक्ष्मी मानन्धर रहेका छन् ।

सुनापति गाउँपालिका–५ का वर्ष ३६ की सन्जु आलेमगर, काभ्रे पाँचखाल नगरपालिका–८ का ४० वर्षीय तुलबहादुर विक रहेका छन् । यसैबीच दुर्घटनामा परी घाइते भएर उपचारका लागि धुलिखेल पठाइएका चार जनाको पनि उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको छ । निधन हुनेहरुमा सुनापति गाउँपालिका–५ का ४५ वर्षीय रामबहादु श्रेष्ठ, सोही वडाका २४ वर्षीय बृद्ध तामाङ र वर्ष ६० का नेमा तामाङ र अन्य एक जनाको भने सनाखत हुन बाँकी रहेको रामेछाप प्रहरी प्रमुख डिएसपी राजकुमार थिङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *