लाओसमा डेंगुबाट ६ महिनामा ६ हजारभन्दा बढी सङ्क्रमित

लाओसमा सन् २०२२ को पहिलो ६ महिनामा ६,०४७ डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन् । भाइरसका कारण आठ जनाको मृत्यु भएको पनि लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

लाओ स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सूचना तथा शिक्षा केन्द्रको प्रतिवेदनअनुसार लाओसको राजधानी भेन्टियानमा सबैभन्दा बढी ३ हजार १९३ जना डेंगुका बिरामी फेला परेका छन् । लाओ स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई डेंगुको फैलावट रोक्न मद्दतको लागि उनीहरूको घर र कार्यस्थल वरपरको सम्भावित लामखुट्टे प्रजनन हुनसक्ने ठाउँहरू विशेष निगरानी राख्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *