आईजीपी नियुक्तिसम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाले हेर्दै आएको उक्त मुद्दामा आज सरकारी पक्षका कानुन व्‍यवसायीहरुले बहस गर्नेछन्।

यसअघि असार १३ गते कायममुकायम प्रधानन्यायाधीश कार्की र न्यायाधीश चुडालको इजलासमा मुद्दाको बहस नसकिएपछि आइतबारका लागि हेर्दाहर्दैमा राखिएको थियो।

१८ वैशाखमा मन्त्रिपरिषद बैठकले प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सर्वोच्चमा रिट दिएका थिए । उनले वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा आफू अघि रहेको भन्दै आईजीपी नियुक्ति बदर गर्न माग गर्दै रिट दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *