सलाह थप तीन वर्ष लिभरपुलमै रहने

काठमाडौं। इजिप्टका स्ट्राइकर मोहम्मद सलाहले इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन्।

सलाहले गत सिजन पनि एन्फिल्ड यात्रा यादगार बनाएका थिए। तर, सलाहको नयाँ सम्झौताको प्रस्तावमा क्लब सहमत नभएपछि उनी अन्यत्र जाने खबर चर्चामा रहदै आएको थियो।

अन्ततः पिएफए प्लेअर अफ दी इयर सलाह योर्गान क्लोपको टोलीमै रहने भएका छन्। उनी सन् २०१६ सम्म एन्फिल्डमै रहनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *