प्रेम आलेसहित ६ सांसदले लिए हस्ताक्षर फिर्ता

काठमाडौं । एकीकृत समाजवादीका ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । नेता सोमप्रसाद पाण्डेले पर्यटनमन्त्री प्रेम आलेसहित ६ जना सांसदले गरेको हस्ताक्षर फिर्ता लिएका जानकारी दिए । पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनपछि उनीहरुले हस्ताक्षर फिर्ता लिएका पाण्डेले बताए ।

पार्टी निर्णय अवज्ञा गर्नेगरी भएको निर्णय विचार गर्न भन्दै अध्यक्ष नेपालले हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । १० जना सांसदहरुले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको भन्दै विरोधमा हस्ताक्षर गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *