पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई सत्ता गठबन्धनको निर्देशन

काठमाडौँ । सत्तारुढ गठबन्धनले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लगाएको कर भारी कटौती गर्न निर्देशन दिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

उनले भने, प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा आजै मन्त्रिपरिषदको बैठक बोलाएर पेट्रोलियम पदार्थमा लगाउदै आएको कर कम गर्ने र आयल निगमलाई मूल्य घटाउन निर्देशन दिने सहमति भएको पौडेलले बताए।

उक्त निर्णय लागू भए डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै ३० देखि ३५ रुपैयाँसम्म मूल्य घट्नेछ । यसअघि शुक्रबार संसदीय समितिले पेट्रोलियम पदार्थमा सरकारले उठाउँदै आएको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *