USAID

बन्दुक नियन्त्रणसम्बन्धी विधेयक अमेरिकी सिनेटबाट पारित

अमेरिकी सिनेटले बन्दुक नियन्त्रणसम्बन्धी द्विपक्षीय विधेयकलाई अनुमोदन गरेको छ। बुधवार उक्त विधेयक कंग्रेसबाट अनुमोदनका लागि सिनेट आइपुगेको थियो।

सिनेटले पास गरेको विधेयक अब राष्ट्रपति जो बाइडेनसमक्ष हस्ताक्षरका लागि पठाइनेछ । अमेरिकी कंग्रेसले उभल्दे, बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सहमति जनाएका हुन्। बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए ।

मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गर्ने बन्दुक मालिकहरूमाथि कुनै अङ्कुस नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिहरूबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ।

नयाँ विधेयकले मानसिक स्वास्थ्य कोषमा अर्बौँ डलर उपलब्ध गराउने लक्ष्य लिएको छ । विधेयकमा सहमति भएसँगै लामो समयदेखि बन्दुक हिंसाबाट पीडित अमेरिका अब त्यसबाट केही हदसम्म भएपनि मुक्त हुने विश्वास गरिएको छ।

बन्दुक हिंसाका राजधानीका रूपमा दुर्नाम कमाएका वासिङटन डिसी, शिकागो, लस एन्जलस, डेट्रोइट र न्यु अर्लिन्समा अब नरसंहार नहुने आशा पनि गरिएको छ।

CivActsAd

Leave a Reply

Your email address will not be published.