इरान रुसी नागरिकको भिसा प्रणाली खारेज गर्न तयार

विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियानले बिहीबार तेहरान रुसीहरूका लागि भिसा प्रणाली खारेज गर्न तयार रहेको बताएका छन् । उनले पहिलो चरणको प्रस्तावले व्यापार यात्राको लागि भिसा–मुक्त व्यवस्था हुन सक्ने बताएका छन् । यसै बीच इरानका उच्च कूटनीतिज्ञले बिहीबार तेहरानमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेटवार्ता गरेका छन् ।

इरानका राष्ट्रपति इब्राहिम राइसीसँग औपचारिक भ्रमणका लागि तेहरान पुगेपछि सो कुरा सार्वजनिक भएको हो । इरानी विदेशमन्त्री होसेन अमीर अब्दुल्लाहियानको निमन्त्रणामा आफ्नो दुई दिने भ्रमणका क्रममा लाभरोभले इरान आणविक सम्झौताबारे छलफल गर्न वरिष्ठ इरानी अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम रहेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

इरानी विदेशमन्त्री हुसेन अमीर अब्दुल्लाहियानको निमन्त्रणामा आफ्नो दुई दिने भ्रमणका क्रममा लाभरोभले इरान आणविक सम्झौताबारे छलफल गर्न वरिष्ठ इरानी अधिकारीहरूसँग भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

इरान र रुस दुवै अमेरिकी प्रतिबन्ध अन्तर्गत छन् जसले उनीहरूको विशाल ऊर्जा भण्डारलाई विश्व बजारमा पठाउने क्षमतालाई सीमित पारेको छ। दुई देशहरूले आफ्नो सम्बन्धलाई रणनीतिक रूपमा व्याख्या गरेका छन् ।

इरानले गरेको आणविक सम्झौतामा हस्ताक्षर जुन औपचारिक रूपमा संयुक्त व्यापक कार्य योजनाको रूपमा चिनिन्छ । जुलाई २०१५ मा विश्व शक्तिहरूले तेहरानमाथि लगाइएको प्रतिबन्धहरू हटाउने बदलामा आफ्नो आणविक कार्यक्रममा केही प्रतिबन्ध लगाउन स्वीकार गरेका थिए । इरानको सरकारी सञ्चारमाध्यमले युक्रेन, सिरिया र अफगानिस्तान, व्यापार र ऊर्जा सहयोगका साथै तेहरान र युरेशिया र ककेशसका क्षेत्रहरूबीचको सहयोग विस्तारका विषयमा पनि छलफल गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *