एसपीपीमा सहभागी नहुने नेपालको निर्णयको चीनद्वारा प्रशंसा

काठमाडौं । चीनले अमेरिकाको सैन्य गठबन्धन (एसपीपी)मा सहभागी नहुने नेपाल सरकारको निर्णयको प्रशंसा गरेको छ । बिहीबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनले नेपालको मन्त्रिपरिषद् बैठकले हालै गरेको निर्णयलाई चीनले नोटिसमा लिएको बताएका हुन् ।

उनले एसपीपीलाई लिएर नेपालमा चौतर्फी विरोध भएको र धेरै राजनीतिक दल र समूहसहित सेनाले समेत यसको विरोध गरेको बताए । उनले यो हिन्द प्रशान्त सैनिक रणनीतिको अंग भएको र यसले नेपालको राष्ट्रिय स्वार्थमा असर पर्ने देखेर नेपालले एसपीपीबाट बाहिरिने निर्णय गरेको सराहनीय भएको बताए ।

चीनले नेपाललाई असल छिमेकीको रुपमा सदैव साथ, सहयोग गर्ने र नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताकोरक्षाका लागि सदैव साथमा रहने प्रवक्ता वेनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *