बजेटको विरोध गर्दै विराटनगरका उद्योगीद्वारा प्रदर्शन

विराटनगर । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको विरोध गर्दै विराटनगरका उद्योगी, व्यवसायी र मजदुर संगठनरूले प्रदर्शन गरेका छन् ।

बजेटका कतिपय प्रावधानको विरोध गर्दै बिहीबार कोशी राजमार्गमा उद्योगीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले कोशी राजमार्गस्थित बुढीगंगाको गोकुवा चोकमा जीआइ वायर उद्योग, वनस्पति घ्यू, तेल उद्योग, सेनिटरी प्याड उद्योग, यार्न उद्योग, इ–विलिङ, मौद्रिक नीतिमा उल्लेखित व्यवस्थाले उद्योगहरू धरासायी बनेको भन्दै प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १लगायतका पदाधिकारी पनि सहभागी थिए। यस्तै, विभिन्न पार्टी निकट मजदुर संगठनहरूले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

यसअघि वनस्पति घ्यू, तेल उद्योगको कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल र प्रशोधित तेलमा एकतहमाथि १५ प्रतिशत भन्सार महसुल लाग्दै आएकोमा आर्थिक वर्ष ०७९/०८० को बजेटबाट प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत भन्सार महशुल अर्थात् ६६.६७ प्रतिशत छुट दिइने व्यवस्था गरिएको छ ।

सरकारको पछिल्लो नीतिले कच्चा पदार्थबाट उत्पादन गर्ने, तयारी वस्तुको आयात शुल्क साफ्टाअन्तर्गत ६ प्रतिशत मात्रै कायम गरेको कारण त्यस्ता वस्तुहरू उत्पादन गर्नुभन्दा विदेशबाटै आयात गर्दा सस्तो पर्न जाने अवस्था सिर्जना भएको उल्लेख छ । उद्योगीहरूकाअनुसार एक सयभन्दा बढी स्वदेशी उद्योगहरू धरासायी हुने बताउँदै प्रदर्शन गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *