भारतमा एकैदिन १३ हजारलाई कोरोना संक्रमण

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप १३ हजार ३१३ जना संक्रमित भएका छन् । हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित रहेका जनाएइको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१९ प्रतिशत हो । पछिल्लो एक दिनमा दश हजार ९१२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख ३६ हजार २७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ ।

कोरोना महामारीबाट मङ्गलबार भारतमा ३५ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामाहरीको कारण पाँच लाख २४ हजार ९०० भन्दाबढीको मृत्यु भएको जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ९६ करोड ६२ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ९४ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *