फ्रान्समा लुटिए अभिनेता अनु कपुर

काठमाडौं । भारतीय अभिनेता तथा गायक अनु कपुर फ्रान्समा लुटपाटमा परेका छन्। ​ ​अनुले इन्स्टाग्राममा एक भिडिओ पोष्ट गर्दै आफूलाई सहयोग गर्ने बहानामा बदमासको एक समूहले सामान लुटेर भागेको बताएका छन्।

आफ्नो झोलामा भएको क्रेडिट कार्ड र नगदलगायतका व्यक्तिगत सामानहरू लुटिएको उनले उल्लेख गरेका छन्।

उनले भिडियोमा आफ्ना समर्थकहरुलाई फ्रान्समा लुटेराको बिगबिगी रहेको भन्दै आउँदा सावधानी अपनाउन समेत उनले आग्रह गरेका छन्। आफ्नो राहदानी भने आफूसँग सुरक्षित रहेको उनले उल्लेख गरेका छन् ।

६६ वर्षीय कपुरले आफूलाई रेल्वेका कर्मचारीले सहयोग गरेको र पेरिस पुगेर प्रहरीमा उजुरी दिने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *