माने बायर्न म्युनिखमा अनुबन्धित

एजेन्सी । लिभरपुलका फरवार्ड साडियो माने जर्मन च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । जर्मन क्लबले बुधबार मानेलाई ४१ मिलियन युरोमा भित्र्याएको जनाएको हो ।

सेनागलका फरवार्ड मानेले बायर्नसँग ३ वर्षको सम्झौता गरेका छन् । सिजन अन्त्यमा मानेले च्याम्पियन्स लिग फाइनलमा रियल म्याड्रिडसँग पराजित भएपछि लिभरपुल छोड्ने चाहाना देखाएका थिए । मानेले लिभरपुलबाट तीन च्याम्पियन्स लिग फाइनल खेल्दै एकको उपाधि उचालेका थिए । सन् २०२० मा लिभरपुललाई इंग्लिस प्रिमियर लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका मानेले क्लबबाट गत सिजन इएफएल कप र एफए कपको उपाधि जितेका थिए ।

सन् २०१६ मा साउथाम्प्टनबाट लिभरपुलमा आएका मानेले लिगका १ सय ९६ खेल खेल्दै ९० गोल गरेका थिए । लिभरपुलमा माने र सलाहको  तालमेल उत्कृष्ट रहेको थियो । उनले सेनेगललाई अफ्रिका कप अफ नेसन्सको उपाधि जिताउन र एक महिनापछि कतारमा हुने विश्वकपमा डोर्याउन महत्त्वपूर्ण योगदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *