चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाएका उम्मेदवारलाई कारवाहीका लागि सिफारिस गर्न निर्देशन दिएको छ । उम्मेदवारले खर्च विवरण बुझाए नबुझाएको यकिन गरि विवरण पठाउन आयोगले निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको हो ।

विज्ञप्तिमा भनिएको छ,’निर्वाचनको मत परिणाम घोषणा भएको मितिले तीस दिनभित्र सम्बन्धित जिल्ला वा क्षेत्रीय कार्यालयमा बुझाउनु पर्ने व्यवस्था रहेको सन्दर्भमा हालसम्म उम्मेदवारले कानून बोमजिम बुझाउनुपर्ने खर्चको विवरण बुझाए/नबुझाएको एकिन गरी कारवाहिका लागि सफारिस सहित आयोगमा पठाउन निर्वाचन कार्यालयहरुलाई निर्देशन दिइएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *