कांग्रेस महाधिवेशनको ६ महिनाः नेता छानियो, नीति छैन

काठमाडौं। नेपाली कांग्रेस १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना पुग्यो । केन्द्रीय पदाधिकारी र नेता छानिए तर पार्टी नीति भने अझै निर्धारण गरिएको छैन ।

गत मंसिरमा कांग्रेसले १४औं महाधिवेशनलाई ‘नेतृत्व छान्ने महाधिवेशन’का रूपमा बितायो । विधानमा भएको सुविधा प्रयोग गर्दै कांग्रेसले नीति विषयमा भने छुट्टै महाधिवेशन गर्ने घोषणा ग¥यो ।

कांग्रेस विधानको दफा १७ ९५० मा केन्द्रीय महाधिवेशन कार्यविधि उल्लेख छ । जसमा ‘महाधिवेशनबाट पार्टी केन्द्रीय कार्यसमिति निर्वाचन व्यवस्था र नीति निर्माण तथा विधान पारित गर्न फरकफरक समयमा महधिवेशन गर्न सकिने छ,’ भनिएको छ ।

विधानमा भएको सो व्यवस्थ टेकेर कांग्रेसले गत २८ कात्तिकमा बसेको केन्द्रीय समिति बैठकमार्फत १४औं महाधिवेशन नेतृत्व चयन गर्नेतर्फ केन्द्रित गर्ने र ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशनमार्फत पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयन गरिएको थियो ।

तर, प्रधानमन्त्रीसमेत रहेका तथा देशकै मुख्य लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेसले महाधिवेशन सकिएको ६ महिना बित्दासमेत पार्टीको आगामी ‘नीति कस्तो हुने?’ भन्ने तय गर्न सकेको छैन ।

यसैगरी, कांग्रेस नेतृत्वले पार्टी विधानलाईसमेत वास्ता नगरी अघि बढेको पाइएको छ । कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पनि पूर्णता दिन सकेको छैन भने महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्थालाई पनि नेतृत्वले बिर्सिएको छ ।

त्यस्तै, पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ भने पार्टीका विभिन्न समिति र विभागसमेत गठन हुन नसकेको आजको राजधानी दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *