मूल्य वृद्धिले हद नाघ्यो

काठमाडौं। दैनिक उपभोग्य वस्तुमा सतप्रतिशत गरिएको मूल्यवृद्धिका कारण जनता आहत बनेका छन् । हरेक साताजस्तै बढिरहेको चर्को मूल्यवृद्धिको मारमा सर्वसाधारण परेका छन् ।

जनताको ढाड सेक्नेगरी सरकारले पछिल्लोपटक आइतबार राति १२ बजेदखि लागू हुनेगरी पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेको छ ।

मट्टितेल र डिजलको भाउ एकैपटक प्रतिलिटर २७ रुपैयाँले बढाएर १ सय ९२ पु¥याइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर २१ बढाएर १ सय ९९ पु¥याइएको छ । एक महिनाको अवधिमा मात्र पेट्रोलियम पदार्थको भाउ ५९ रुपैयाँले बढाइएको छ ।

खाना पकाउने एलपी ग्यासको भाउ प्रतिसिलिन्डर ३ सयले बढाएर प्रतिसिलिन्डर १८ सय पु(याइएको छ । आमजनताको अपेक्षाविपरीत सरकारले २०६२/६३ को जनआन्दोलनपछि प्राप्त गणतन्त्रअघि प्रतिलिटर ५१ रुपैयाँमा पाइने पेट्रोलको भाउ निरन्तर बढाएर अहिले प्रतिलिटर १ सय ९९ पु(याइएको छ ।

आमनागरिकको ढाड सेक्नेगरी बढाइएको चर्को मूल्यवृद्धि नियन्त्रणमा सरकार असफलजस्तै देखिएको आमउपभोक्ताको गुनासो छ ।

नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य भारी वृद्धि गरेसँगै सोमबारदेखि नै लागू हुनेगरी सार्वजनिक यातायातको भाडा, आन्तरिक हवाई भाडा पनि बढेको छ । सवारी साधनको भाडा, हवाई भाडादर मात्र नभएर अहिले हरेक वस्तुको ढुवानी समेत बढेको छ ।

ढुवानी भाडादरसँगै हाल दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि चरम रूपमा बढेकाले आमउपभोक्तालाई गम्भीर असर परेको उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाले बताएका छन् । उनीहरूले तत्काल सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *