मोबाइलदेखि मोटरसाइकलसम्म १० प्रकारका सामान नेपाल भित्र्याउन रोक (सूचीसहित)

काठमाडौं । सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन रोक लगाएको छ । सरकार विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरणअनुसार, असार मसान्तसम्मका लागि ती वस्तु आयातमा रोक लगाइएका हो ।

रोक लगाइएका वस्तुहरूमा कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट ) रहेका छन् ।

त्यस्तै, सरकारले मोबाइल सेट, रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथिको), जीप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने), २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र खेल्ने तासलाई पनि तत्काल विदेशबाट ल्याउन नदिने भएको छ ।

कूटनीतिक नियोगका अधिकारी र बैशाख १३ वैशाख अघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरूको हकमा भने बन्देज लागू हुनेछैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *