नाडालले विम्बल्डन खेल्नेमा अझै दुविधा

काठमाडौं। कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडालले विम्बल्डन खेल्न इच्छुक रहेपनि यसबारे अन्तिम निर्णय भने लन्डनमा आगामी साता हुने अभ्यासपछि मात्र थाहा हुने बताएका छन्।

नाडाल लामो समयदेखि खुट्टाको चोटसँग जुधिरहेका छन्। केही साताअघि फ्रेन्च ओपनमा पनि नाडालले प्रत्येक खेलमा नदुख्ने सुई लगाएर खेलेका थिए।

नाडाल आफ्नो कीर्तिमानी ग्रान्ड स्लाम यात्रालाई अझै लम्बाउन चाहन्छन्। उनले हाल रेडियो फ्रिक्वेन्सी स्टिमुलेसन प्रविधिबाट खुट्टाको उपचार गराइरहेका छन्।

नाडालले अहिलेसम्म दुई पटक विम्बल्डन जितेका छन्। उनले सन् २००८ र २०१० मा विम्बल्डन जितेका थिए। सन् २०२० मा कोभिड–१९ महामारीका कारण प्रतियोगिता रद्द गरिएको थियो भने सन् २०२१ मा भने खुट्टाकै चोटका कारण नाडालले प्रतियोगितामा सहभागिता जनाएका थिएनन्।

उनी तीन वर्षपछि विम्बल्डनमा सहभागी हुँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *