सुदूरपश्चिमको बजेटः ३६ अर्ब ७४ करोड

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ३६ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । बुधबार प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री रावलले चालुतर्फ १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रकम विनियोजन गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *