आज सातै प्रदेशले बजेट सार्वजनिक गर्दै

काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दैछन् ।नीति तथा कार्यक्रम ल्याइसकेका सातै प्रदेशले संविधानतः संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेका हुन् ।

प्रदेश सरकारले आ(आफ्नो प्रदेश अनुरुप प्राथमिकता निर्धारण गरेर बजेट ल्याउन लागेका हुन्। खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ । बजेटको सिलिङ अनुसार सातवटै प्रदेशले २ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *