बौद्धमा २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

काठमाडौं । राजधानीको बौद्धमा एक २४ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ । बौद्धस्थित लुङ्ता गेस्ट हाउसमा आइतबार राति ती युवतीलाई चार जना पुरुषले सामूहिक बलात्कार गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले घटनामा संलग्न तीन र होटल सञ्चालकसमेत गरी चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौं घर भएका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ का २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामा छन् ।

यस्तै लुङ्ता गेस्ट हाउसका सञ्चालक सिन्धुपाल्चोक भोटेकोसी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई पनि प्रहरीले पक्राउ गरेको छ । घटना भएको १६ घण्टाभित्र नै प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ । प्रहरीले आरोपीहरूमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *