काठमाडौं । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधालाई शनिबार काठमाडौंको बुद्धनगरबाट पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका अनुसार धनुषा, खरहनी गाउँपालिका वडा नम्बर ५ हाल परिवर्तित सबैला नगरपालिका–१० बस्ने ४५ वर्षीया साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो । साहलाई पक्राउ गरेलगत्तै आइतबार इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको छ । मो. तैयव अली समेतको जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको हो ।
