गल्फ एसिया म्यानपावरमा छापा

काठमाडौं । वैदेशिक रोजगार विभागले गल्फ एसिया म्यानपावर प्रालिमा छापा मारेर कागजत नियन्त्रणमा लिएको छ । काठमाडौँ गौशालाको सो म्यानपावर कम्पनीले रोजगारीका लागि मलेसिया जाने व्यक्तिबाट मनपरी पैसा असुुल गरेको उजुरीका आधारमा विभागको टोलीले आकास्मिक अनुुगमन गरेको थियो ।

विभागका निर्देशक डम्बरबहादुर सुनुवारको नेतृत्वमा खटिएको टोलीले बुधबार राति म्यानपावर कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो । सो कम्पनीका सञ्चालक राजेश यादवलाई विभागमा उपस्थिति हुन निर्देशन दिएको छ । विभागका अनुसार सो म्यानपावरले ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयबाट ३५ र १७ गरी ५२ जनाका लागि श्रमिक मलेसियाको स्टुुल उद्योगमा फ्याक्ट्री वर्कर पदमा पठाउन निःशुुल्क भिसा र टिकटको स्वीकृति लिएको छ ।

श्रमिक पठाउने क्रममा युवासँग म्यानपावरले प्रतिव्यक्ति दुई लाख ५० हजार रुपियाँ मागिरहेको सूचना विभागले प्राप्त गरेको थियो । उजुरी दिन पुगेका दुुई जना युवकले म्यानपावरलाई ५०–५० हजार रुपियाँ अग्रिम रूपमा बुझाइसकेको जानकारी दिएका छन् ।

साथै उक्त म्यानपावरले प्रतिव्यक्ति थप दुई लाख मागेपछि विभागले आकस्मिक छापा मारेको हो । विभागले पैसा बुझाउन पुगेका युवकको पछिपछि गएर छापा मार्ने क्रममा सुरुमा असुली भएको रकम फेला पार्न नसके पनि खोजतलास गर्दा ती युवकले बुझाएको नगद रकमको बिटो झ्यालबाट बाहिर फालिएको अवस्थामा भेटिएको थियो ।

निर्देशक सुुनुुवारले विभागको टोली छापा मार्न पुगेको देखेर म्यानपावरका कर्मचारीले पैसाबाहिर फालेको पाइएको बताउनुुभयो । उहाँका अनुसार उक्त म्यानपावरले यसअघि नै सोही कम्पनीमा ३५ जना श्रमिक पठाइसकेको छ । बिहीबारको लटमा थप १७ जना पठाउन लागेको थियो । बिहीबार रोकिएका दुई जनाको उडान शुुक्रबार हुने बताइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *