अछामका विनोद शाही मृत्यु प्रकरणः मेयरसहित १३ जनाविरुद्ध किटानी जाहेरी दर्ता

अछाम । अछामका विनोद शाहीको मृत्यु भएको घटनामा परिवारले १३ जनाविरूद्ध जाहेरी दिएका छन् । पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय शाहीको हत्या भएको भन्दै पीडित परिवारले १३ जनाविरूद्ध किटानी जाहेरी दिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिएका छन् ।

पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउने लगायतको नाममा किटानी जाहेरी दर्ता भएको उनले बताए। यस घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी नायब उपरीक्षकको टोलीले गरिरहेको छ।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । शाहीको बिहीबार जिल्ला अस्पताल मंगलसेनमा पोष्टमर्टम गरिएको छ। पोष्टमर्टमपछि मृतकका परिवारले अन्त्येष्टी समेत गरेका हुन् । शाही जेठ १७ गतेदेखि बेपत्ता भएका थिए। उनको जेठ २१ गते शनिबार बिहान करिब १० बजे शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *