चिया विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित चारजनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतमसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।

तत्कालीन कार्यकारी निर्देशक गौतमसहित, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइँटेल र लेखा अधिकृत टंक ओलीविरुद्ध आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

२०७२ सालमा प्रकाशित कर्मचारी पदपूर्तिका क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवम् अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाई–छिपाई योग्यता नपुगेका आवेदकको दरखास्त फारामहरू ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरेको आरोप पत्रमा जनाइएको छ । बोर्डले २ असोज ०७२ मा कृषि प्राविधिक र लेखापाल पदमा निवेदन आह्वान गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *