काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानका राजदूत किकुता युताका बीच जङ्गी अड्डामा भेटवार्ता आज भएको छ ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।
भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।