एकीकृत समाजवादीका नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नयाँ मन्त्रीहरुलाई आज शपथ गराउने तयारी भएको छ। एकीकृत समाजवादीले आइतबार पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो।

अब राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम रोजगार र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने तयारी छ। नयाँ मन्त्रीको नाम एकीकृत समाजवादीले आइतबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो।

अहिले एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *