रञ्जन कोइराला पक्राउ

काठमाडौँ । पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । प्रहरीले कोइरालालाई शुक्रबार साँझ नयाँबानेश्वरस्थित एक घरबाट पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले कोइरालालाई नयाँबानेश्वरबाट पक्राउ गरिएको जानकारी दिए ।

सर्वोच्च अदालतले यसअघि जन्मकैदको सजायलाई घटाएर साढे ८ वर्ष कैद कायम गरेपछि ०७७ साउन ८ गते कोइराला  कारागारबाट छुटेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले ०७७ असार १५ मा कोइरालाको जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गरिदिएको थियो । तर, बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई कैद छुट दिने यसअघिको सर्वोच्चको फैसला उल्ट्याएर जन्मकैद नै कायम गरिदिएको थियो । सर्वोच्चको फैसला आएपछि बिहीबार दिउँसोबाटै कोइराला सम्पर्कविहीन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *