जहाँ स्वतन्त्रले जित

काठमाडौ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेतृत्व गरिरहेका भुइँमान्छेसम्मले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर जित हात पारेका हुन् ।

निर्वाचन आयोगको विवरणअनुसार देशभरका ७ सय ५३ पालिकामध्ये १३ पालिकामा स्वतन्त्र उम्मेदवारले पालिकाको प्रमुख÷अध्यक्ष पदमा नेतृत्व हात पारेका छन् । यस्तै, चार जना स्वतन्त्र उम्मेदवार पालिकाका उपप्रमुख÷उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

यसैगरी, देशभरका ६ हजार ७ सय ४३ वडामध्ये १ सय ३७ वडाको वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित बनेका छन् भने देशभरमा गरी ५७ जना महिला वडा सदस्य पदमा स्वतन्त्र रूपमा निर्वाचित भएका छन् ।

यस्तै, दलित महिला वडा सदस्यतर्फ देशभरमा गरी ५५ जना स्वतन्त्र उम्मेदवारले जित निकाल्दा खुला वडा सदस्यमा देशभरमा १ सय १९ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *