एमाले अध्यक्ष ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

बैठकको सुरूवाती चरणमा नै आलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सरकारले जेठ १० गते सार्वजनिक गरेको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बारे संसद् भवनबाट बाहिरदा प्रतिक्रिया दिन अस्विकार गरेका ओलीले आज (विहिबार) संसदको बैठकमा आफ्नो घारणा राख्ने बताएका थिए ।

आज सङ्घीय संसद्अन्तर्गत दुवै सदनका बैठक बस्दै छन् । दुवै सदनको बैठक बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *