पेट्रोलिय पदार्थको मूल्यवृद्धि फिर्ता हुनेः मन्त्री बडु

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा चाँडै निर्णय गरिने बताएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै मंगलबार सरकारआबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)लगायत १५ विद्यार्थी संगठनले बुझाएकोे ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री वडुले उक्त जानकारी दिएका हुन्। विद्यार्थी संगठनले आज बुधबारभित्र मूल्यवृद्धि फिर्ता गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

मन्त्री वडुले मूल्यवृद्धिको विषयमा चाँडै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी संगठनलाई आन्दोलन नगर्न आग्रह पनि गरेका थिए । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले मन्त्री वडुले विद्यार्थीलाई ग्यासमा सहुलियत दिने र पेट्रोलियम पदार्थमा कर फिर्ता लिने विषयमा चाँडै नै सरकारले निर्णय गर्ने बताएको जनाइन् ।

विद्यार्थी संगठनले मन्त्रालय र संयुक्त विद्यार्थी सङगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मटीतेलमा विद्यार्र्थीहरूलाई सहुलियत दिन माग गरेका छन् । विद्यार्थी संगठनले मूल्य फिर्ता नभए भोलि बुधबार नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् । आयल निगमले गत वैशाख ३१ गते पेट्रोल र डिजेलमा प्रति लिटर १० रुपियाँ र एलपी ग्यासमा प्रति सिलिन्डरमा २ सय रुपियाँ वृद्धि गरेको थियो ।

मूल्यवृद्धि भएपछि एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय, पेट्रोलको प्रतिलिटर १ सय ८०, डिजेल र मटीलेत १ सय ६३ र हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर १ सय ६६ पु(याइएको छ ।यसैबीच पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि छलफलको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युस्टि पार्टी (एमाले)र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मंगलबार प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *