भ्रष्टाचारको आरोपमा पञ्जावका स्वास्थ्यमन्त्री बर्खास्त

भारतको पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्यमन्त्री विजय सिंगलालाई मन्त्रीबाट बर्खास्त गरेका छन् । भ्रष्टाचारको आरोपमा मुख्यमन्त्रीे सिंगलालाई बर्खास्त गरेका हुन् । बर्खास्त हुने सिंगलाले ठेक्कामा आफ्ना पदाधिकारीसँग मिलेमतो गरी एक प्रतिशत कमिसन मागेको आरोप छ । पञ्जाबको मुख्यमन्त्रीको कार्यालयले सिंगलाविरुद्ध ठोस सबुत भेटिएको जनाएको छ ।

मुख्यमन्त्री मानले हालै राज्यको सत्तामा आएको आम आदमी पार्टीको सरकारले एक रुपैयाको पनि बेइमान सहन नदिने बताएका छन् । उनले भने, ‘केजरीवालले हामीलाई भनेका छन् कि उनले एक रुपैयाँको भ्रष्टाचार पनि सहने छैनन् । एउटा कुरा मेरो जानकारीमा आयो । सरकारका एक मन्त्रीले प्रत्येक टेन्डरमा एक प्रतिशत कमिसन मागेका थिए ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *