महामन्त्री शर्माको गृहनगरमा कांग्रेस पराजित, एमालेले जित्यो मेयर र उपमेयर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको हो। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्।

उपमेयर पनि एमालेले जितेको छ। एमालेकी उम्मेदवार मीनाकुमारी पोखरेल उपमेयर निर्वाचित भइन्। उनले २१ हजार पाँच सय ९० मत ल्याएकी छन्। कांग्रेसले यहाँ उपमेयर माओवादी केन्द्रलाई छाडेर गठबन्धन गरेको थियो।

त्यस्तै, सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार माओवादीका प्रकाश भण्डारीले जम्मा १२ हजार ८ सय १८ मत ल्याएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *