झापाको शिवसताक्षीमा एमाले निर्वाचित

काठमाडौं । शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन् ।

उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका महेन्द्र भट्टराईले नौ हजार ५२५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *