समाजवादी ५२, माओवादी २६, एमाले १० र कांग्रेस २ जिल्लामा शून्य

काठमाडौं। स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा रहिरहँदा कतिपय जिल्लामा प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्र नै शून्य अवस्थामा पुगेका छन् ।

हालसम्मको चुनावी परिणामअनुसार एकीकृत समाजवादी ५२ जिल्लामा, माओवादी केन्द्र २६ जिल्लामा, एमाले १० जिल्लामा र कांग्रेस २ जिल्लामा शून्य भएका छन् ।

आइतबार रातिसम्म विभिन्न जिल्लाका ७ सय १५ स्थानीय तहको मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने अब पाँच महानगरपालिकासहित ३८ स्थानीय तहको परिणाम आउन बाँकी छ ।

आइतबार रातिसम्मको परिणामअनुसार नेपाली कांग्रेसले ३ सय १४ स्थानमा प्रमुख जितेको छ भने नेकपा एमालेले १ सय ९३, माओवादी केन्द्रले १ सय २०, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पाटीले २९ र लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा जितेका छन् ।

हाल सम्मको परिणामअनुसार माओवादी केन्द्रले २६ जिल्लामा कुनै पनि पालिकाको प्रमुख पदमा जित हासिल गर्न नसकेको हो । त्यस्तै, एमालेले १० र कांग्रेले २ जिल्लामा कुनै पनि जित हासिल गर्न नसकेको आजको राजधानी दैनिकामा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *