काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न जियासहितको टोलि आज विहान बालुवाटार पुगेको थियो ।
भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ ।