USAID

स्थानीय निर्वाचनः कांग्रेस खुसी, एकीकृत समाजवादी बेखुसी

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत मतपरिणाम आउने क्रम जारी छ । एक सातादेखि जारी मतगणनामा अधिकांश गाउँपालिका र नगरपालिकाहरूको मतपरिणाम सार्वजनिक भइसकेको छ भने महानगर र उपमहानगरपालिकाको मतगणना जारी नै छ ।

यो समाचार तयार पार्दासम्म करिब ६ सय ६३ स्थानीय तहको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ, जसमा नेपाली कांग्रेसले ३ सय ५, नेकपा एमाले १ सय ८८, नेकपा माओवादी केन्द्रले १ सय २०, जनता समाजवादी पार्टीले २४, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानीय तहमा विजयी हासिल गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको नेकपा एमालेले यस पट