युभेन्टसमाथि फिओरेन्टिनाको जीत

एजेन्सी । इटालियन लिग सिरि ए मा फिओरेन्टिनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा युभेन्टसलाई २-० गोलले पराजित गर्दै फिओरेन्टिना युरोपियन प्रतियोगिताको लागि छनोट भएको हो ।

स्टाडियो अर्टेमिओ फ्रान्चीमा भएको खेलमा फिओरेन्टिनालाई जीत दिलाउन अल्फ्रेड डुन्कान र निकलोस गोन्जालेजले एक/एक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा बोनाभेन्टुराको पासमा डुन्कानले गोल गर्दै फिओरेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

यस्तै दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा निकलोसले पेनाल्टीमा गोल गर्दै फिओरेन्टिनालाई २-० गोलको जीत दिलाए । जीतसँगै फिओरेन्टिना ३८ खेलबाट ६२ अङ्कको साथ सातौं स्थानमा रहेको छ ।

यससँगै फिओरेन्टिना आगामी सिजन युईएफए कन्फ्रेन्स लिगको लागि छनोट भएको छ । पराजित युभेन्टस भने ३८ खेलबाट ७० अङ्कको साथ चौथो स्थानमा यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *