८९ हजार ४०८ मत गन्दा रेनुको ३५ हजार ४९ मत

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ७ हजार ३८८ मतले अग्रता कायम राखेकी छन् ।

८९ हजार ४०८ मत गन्दा उनले ३५ हजार ४९ मत प्राप्त गरेकी छन् । त्यस्तै, एमाले र राप्रपाको साझा उम्मेदवार विजय सुवेदीले २७ हजार ६६१ मत पाएका छन् । अहिले भरतपुरको वडा नम्बर १९ र २० को मत गणना भइरहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *