एजेन्सी । म्यानचेस्टर सिटीका युवा फरवार्ड फिल फोडेनले ‘प्रिमियर लिग योंङ प्लेयर अफ दी सिजन’को अवार्ड जितेका छन् । प्रिमियर लिगले शनिबार फोडेनले ‘प्रिमियर लिग योंङ प्लेयर अफ दी सिजन’को अवार्ड जितेको जनाएको हो ।
२१ वर्षीय फोडेनले मनोनयनमा परेका २३ वर्षभन्दा मुनिका ८ खेलाडीलाई पछि पार्दै लगातार दोस्रोपटक उक्त अवार्ड जितेका हुन् । फोडेनले गत सिजनपनि ‘प्रिमियर लिग योंङ प्लेयर अफ दी सिजन’को अवार्ड जितेका थिए । यससँगै उनी लगातार दुई पटक अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् ।
उनले ट्रेन्ट अलेक्सान्डर-आर्नोल्ड, कोनोर गाल्लाघेर, टय्रिक मिट्चेल, मेसन माउन्ट, एरोन राम्सडाले, डेक्लान राइस र बुकायो साकालाई पछि पार्दै उक्त अवार्ड जितेका हुन् । उनले जारी सिजनमा २७ खेल खेल्दै ९ गोल र ५ एसिस्ट प्रदान गरेका छन् । हाल म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ । शनिबार लिगको अन्तिम खेलमा एस्टोन भिल्लालाई पराजित गरेको खण्डमा सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जित्नेछ ।