बेलबारी नगरपालिका प्रमुखमा एमालेका राई, उपप्रमुखमा कांग्रेसका थापा विजयी 

विराटनगर । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बेलबारी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका दिलप्रसाद राईले १६ हजार ४२२ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसकी नितु थापाले १३ हजार ७३१ मत प्राप्त गरी विजयी भएकी छन भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी तीलकुमारी न्यौपानेले १३ हजार ६०५ मत प्राप्त गरेकी छन्। कांग्रेसले वडा नं १, ४, ६, ९, १० र ११, एमालेले २, ३ ५ र ७ मा तथा ८ मा स्वतन्त्रका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *