गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित गर्दै विजयी भएका छन्। लामाले एक हजार ६२४ मत प्राप्त गरेका छन् ।

कांग्रेसका गुरुङले एक हजार ३११ मत प्राप्त गरे । लामाले गुरुङले भन्दा ३१३ बढी मत प्राप्त गरेका छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा गुरुङसँग लामा पराजित भएका थिए ।

गोरखामा ११ स्थानीय तहमध्ये माओवादी केन्द्रले नौ तहमा जित हासिल गरेको छ भने कांग्रेसले दुई तहमा जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *