मधेसवादी दल मधेसमै कमजोर

काठमाडौं। राष्ट्रिय दलको मान्यता प्राप्त गरेको दुई मधेसवादी दल मधेसमै कमजोर देखिएका छन् । स्थानीय तह निर्वाचनमा राम्रो परिणाम ल्याउन नसकेका जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मधेसमै कमजोर देखिएका हुन् ।

मधेस आन्दोलनबाट स्थापित यी दुई दल पार्टी विभाजनका कारण आफ्नै उर्वरभूमि मधेसमै कमजोर अवस्थामा पुगेका हुन् । अघिल्लो निर्वाचनमा विजयी भएको पालिकासमेत यी दलले गुमाएका छन् ।

मधेसवादी दल विभाजन हुनु र छुट्टाछुट्टै दलबाट निर्वाचनमा होमिनुका कारण मतपरिणाम सोचेजस्तो आउन नसकेको हो । मधेसवादी दल विभाजनको फाइदा नेपाली कांग्रेसलाई भएको देखिन्छ ।

गत २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार मधेसवादी दलको अवस्था बलियो थियो । तर, २०७९ मा भएको स्थानीय तहको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसको अवस्था बलियो भएको देखिन्छ । कांग्रेससँगै गठबन्धन गरेको जसपालाई त्यति राम्रो परिणाम आएको देखिँदैन ।

मधेस प्रदेशमा १ सय ३६ पालिका रहेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले मधेसका कुल १ सय ३६ वटा पालिकामध्ये २६ वटा र तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा०ले २५ वटा पालिकामा प्रमुख÷अध्यक्ष जितेका थिए । त्यस्तै, संघीय समाजवादी फोरमले २५ वटा र राजपाले ३० पालिकामा उपप्रमुख जितेको थियो ।

२०७९ को स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । करिब ८० प्रतिशतभन्दा बढी मत परिणाम आइसक्दासमेत मधेसवादी दलको अवस्था अघिल्लो निर्वाचनको तुलनामा निकै कमजोर देखिएको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *