USAID

पोखरा महानगरमा समाजवादीका आचार्यको मतान्तर बढ्दै

पोखरा । स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकाको मतगणना वैशाख ३१ गतेदेखि जारी छ । पोखरा–७ सहिदचोकस्थित उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समितिको सभाहलमा भइरहेको गणनामा बिहीबार साँझसम्म सत्तारुढ गठबन्धनबाट महानगर प्रमुखमा नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्यले मतान्तर बढाउँदै लगेका छन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटको पनि केही मतको अग्रता छ । पोखरामा हालसम्म ५५ हजार २६७ मतगणनामा गठबन्धनबाट प्रमुखका उम्मेदवार आचार्यको दुई हजार ७२० मतान्तरले अघि छन् । आचार्यले २२ हजार ८५२ मत प्राप्त गरेर अग्रता कायम राख्दा उनका प्रत्यासी एमालेका कृष्ण थापाले २