गोकुल बास्कोटाको नगरमा गठबन्धन विजयी

काठमाडौं। नेकपा (एमाले)का नेता गोकुल बास्कोटाको गृहपालिका मण्डनदेउपुर नगरपालिकामा गठबन्धनले जितेको छ ।

नेकपा (एकिकृत समाजवादी)बाट मेयरका उम्मेदवार टोकबहादुर वाइबा ९४०६ मतसहित दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विदुरप्रसाद सापकोटाले ८३५१ मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मत ल्याएर निर्वाचित भएकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत ल्याएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *