रेनुको अग्रता अझै फराकिलो

चितवन। भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले अग्रता फराकिलो बनाउँदै लगेकी छन् । ३७ हजार ८६७ मत गणना हुँदा दाहालले २ हजार ९४६ मतले अग्रता बनाईरहेकी छन् ।

दाहालले १४ हजार ३७७ मत ल्याएकी छन् भने एमालेका उम्मेदवार बिजय सुवेदी ११ हजार ४३१ र जगन्नाथ पौडेलले ५ हजार ९९७ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १६ हजार ७४१ तथा राप्रपाकी हिमला गुरुङले ९ हजार २६९ मत ल्याएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *