बुधबारको हावाहुरीले रूखको हाँगा भाँचिएर लाग्दा अनुसन्धान विभागका एक कर्मचारीको मृत्यु

काठमाडौं। बुधबार राति पौने ८ बजे चलेको हावाहुरीले सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ।

सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा रहेको रूखको हाँगा भाँच्चिएर विभागमा सूचकको रुपमा कार्यरत पाल्पा रम्बा गाउँपालिका-५ घर भएका २७ वर्षीय विजय कार्कीको मृत्यु भएको हो ।

रुखको हाँगाले कार्कीको टाउकोमा गहिरो चोट पु¥याएको थियो । हाँगा खस्दा गम्भीर घाइते भएका कार्कीको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा राति नै मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *