भरतपुरमा १८ सय मतले रेनुको अग्रता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । दाहालले नेकपा एमोका विजय सुवेदीलाई १८ सय ५२ मतान्तरले पछि पारेकी छन् ।

बुधबार दिउँसोसम्म २८ हजार ६४ मतगणना गर्दा दाहालको मतान्तर बढेको हो । दाहालले १० हजार ४४९ मत प्राप्त गरेकी छन् । एमालेका सुवेदीले ८ हजार ५९७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *