कांग्रेस १ सय ९३ र एमाले १ सय २० स्थानीय तहको प्रमुखमा विजयी

काठमाडौं । देशभरको ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि भएको निर्वाचन अन्तर्गत अधिकांशको मत परिणाम सार्वजनिक भएको छ । वाँकी स्थानीय तहको मतगणना जारी छ ।

हालसम्म ४२० वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १ सय ९३ र नेकपा एमालेले १ सय २० स्थानीय तहको प्रमुखमा जीत हासिल गरेका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्र ८३ स्थानमा विजयी भएको छ भने नेकपा एकीकृत समाजवादी अहिलेसम्म ७ स्थानमा निर्वाचित भएको छ ।

त्यसैगरी स्वतन्त्रबाट ५ जना निर्वाचित भएका छन् । जनता समाजवादी ५, राष्ट्रिय जनमोर्चा ४ स्थान र राप्रपा २ स्थानमा विजयी हुँदा नेमकिपाले १ स्थानमा विजय हासिल गरेको छ । आज अवेरसम्ममा महानगर र उपमहानगरपालीकाको बाहेक मतदान सम्पन्न भएका स्थानको मतगणना सकिने आयोगले वताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *